काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागू औषधसहित १५ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार विराटनगर महानगरपालिका–१५ बाट लागूऔषध खैरो हेरोइनसहित भारतीय नागरिक मसुल अनसारीलाई पक्राउ गरिएको हो ।
सुनसरीको इनरुवा नगरपालिका-४ बसचोकबाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट सिरहाको गोलबजार नगरपालिका-४ निपाने टोलबाट एक जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।
नवलपरासी पश्चिमको सुनवल नगरपालिका–१२ बाट दुई,सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदेबाट दुई,बाँकेका दुई,रुकुम पूर्वको, भूमे गाउँपालिका–२ बाट दुई जनालाई पक्राउ गरिएको हो ।