काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रीय कार्यालय बन्द गरिएको छ ।
चैत १३ गतेदेखि झापामा हुने एन्फा साधारण सभा तथा निर्वाचनका कारण कार्यालय बन्द गरिएको हो ।
एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईले जारी गरेको सूचनामा कार्यालय कहिले खुल्छ भन्ने खुलाइएको छैन ।
सूचनामा लेखिएको छ, ‘अखिल नेपाल फुटबल संघ (एन्फा)को मिति २०८२ चैत १३ गते झापामा हुने साधारण सभा तथा निर्वाचन प्रयोजनका लागि मिति २०८२ चैत १० गतेदेखि अखिल नेपाल फुटबल संघको केन्द्रीय कार्यालय सातदोबाटो ललितपुर सचिवालय बन्द रहने सम्बन्धित सबैमा जानकारी गराउन चाहान्छु ।’