काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठकमा सभापति गगन थापा सहभागी हुने बताइएको छ ।
दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने कार्यबाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवम् प्रदेश सभापतिहरूको उपस्थिति हुने छ ।
यसअघि सभापति थापाले दिएको राजीनामा शुक्रबार र आइतबार बसेको केन्द्रीय समितिको बैठकले अस्वीकृत गरेको थियो ।
बैठकमा समय अभावका कारण नेपाली काँग्रेसले वैशाखमा गर्ने भनेको नियमित महाधिवेशन असोजमा गर्ने तयारीबारे छलफल हुने छ ।