काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिले सभापति पदमा रहेका गगन कुमार थापा ले दिएको राजीनामा स्वीकार नगर्ने निर्णय गरेको छ।
उपसभापति विश्वप्रकाश शर्मा को अध्यक्षतामा ६ देखि ८ चैतसम्म बसेको बैठकले उक्त निर्णय सर्वसम्मत रूपमा पारित गरेको हो।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षित नतिजा हासिल गर्न नसकेको जिम्मेवारी लिँदै सभापति थापाले राजीनामा दिएका थिए। तर, केन्द्रीय कार्यसमितिले उनको नेतृत्व निरन्तरता आवश्यक ठहर गर्दै राजीनामा अस्वीकार गरेको हो।
पार्टीका प्रवक्ता देवराज चालीसे ले जारी गरेको विज्ञप्तिअनुसार बैठकले सभापतिको राजीनामा स्वीकार नगर्ने निष्कर्ष सर्वसम्मत रूपमा लिएको उल्लेख गरिएको छ।