काठमाडौँ । कपिलवस्तुमा निषेधाज्ञा जारी भएको छ । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आज दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
कपिलवस्तु प्रशासनका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) (क) बमोजिम निषेधाज्ञा आदेश जारी गरिएको हो ।
निषेधाज्ञा लागु गरिएका क्षेत्रहरूमा पूर्वमा लबनी चोक, पश्चिममा बर्दघाटको पुल, उत्तरमा पचेहरा चोक र दक्षिणमा धर्मभक्त माध्यमिक विद्यालय, भनी क्षेत्रभित्र कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पाइने छैन ।
निषेधाज्ञा आदेशको उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही समेत गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।