काठमाडौँ — नेपाली कांग्रेस को केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहान ८ बजेदेखि सुरु हुने जानकारी केन्द्रीय सदस्य मधु आचार्य ले दिएका छन्।
गत शुक्रबारदेखि सुरु भएको बैठकमा उपसभापति विश्वप्रकाश शर्मा ले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षा प्रतिवेदनमाथि सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम जारी रहनेछ।
यसैबीच, पार्टी सभापति गगन थापा को राजीनामाबारे पनि छलफल भइरहेको छ। अधिकांश सदस्यहरूले उक्त राजीनामा अस्वीकार गर्नुपर्ने मत व्यक्त गरिरहेका छन्।