जनकपुरधाम — प्रधानमन्त्री सुशीला कार्की शुक्रबार जनकपुरधामस्थित राम जानकी मन्दिरमा दर्शनका लागि पुगेकी छन्।
प्रधानमन्त्री पद सम्हालेपछि पहिलोपटक जनकपुर पुगेकी उनले मन्दिरमा विशेष पूजाअर्चना गरिन्। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उक्त मन्दिरमा दर्शन गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो भ्रमण व्यक्तिगत तिर्थाटन भएको बताइन्।