काठमाडौं । निर्वाचन आयोगले रामचन्द्र पौडेल समक्ष निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन बुझाएको छ।
बिहीबार आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरू डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा सचिव कृष्णबहादुर राउत राष्ट्रपति कार्यालय पुगेर प्रतिवेदन पेश गरेका हुन्।
प्रतिवेदन बुझाइएसँगै अब संसद् अधिवेशन आह्वान गर्ने र नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने मार्ग खुला भएको छ। प्रतिवेदन अध्ययनपछि राष्ट्रपति पौडेलले आवश्यक संवैधानिक प्रक्रिया अगाडि बढाउने अपेक्षा गरिएको छ।