खोटाङ- खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा काठमाडौंबाट शव लिएर पुगेको हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको हो । वडा नम्बर २ का एकजना स्थानीयको शव बोकेर पुगेको एयर डाइनेस्टीको हेलिकप्टर अवतरणपछि दुर्घटनामा परेको हो ।
उक्त हेलिकप्टरमा सवार यात्रु र शव निकालिसकेपछि दुर्घटनामा परेको हो । अवतरणपछि अस्थायी हेलिप्याडबाट माथिल्लो कान्लामा सर्ने क्रममा हेलिकप्टर पल्टिएको हो ।
माथिल्लो कान्लाबाट तल्लो कान्लामा खसेको हेलिकप्टर टुक्रा टुक्रा भएको छ। तर यो दुर्घटनामा मानवीय क्षति भने भएको छ। पाइलट सकुशल छन् भने एकजनालाई सामान्य चोट लागेको छ।
स्थानीयका अनुसार के कारणले यो दुर्घटना भएको केही खुलेको छैन ।