काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुदन गुरुङले आफूले सरकारी तलब, भत्ता र अन्य सेवा–सुविधा नलिने घोषणा गरेका छन्।
पार्टीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सहभागी हुँदै उनले यो कुरा सार्वजनिक गरे। उनले भने, “मैले व्यक्तिगत रूपमा आर्थिक रूपमा सक्षम भएकाले राज्यबाट प्राप्त हुने कुनै पनि सुविधा नलिने निर्णय गरेको छु।” उनले थपे, “सार्वजनिक पदलाई सेवा भावका रूपमा लिनुपर्छ।”
गुरुङले यातायातको लागि पनि निजी साधनको प्रयोग गर्ने योजना बनाएको बताएका छन्। यद्यपि, सांसदलाई सवारी साधन सुविधा नदिइने व्यवस्था रहेको छ।