काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नवनिर्वाचित सांसद आशिका तामाङ ले मलेखुदेखि ताल्ती खण्डमा चल्ने सवारी साधनबाट अब शुल्क नलिने घोषणा गरेकी छन्।
ढुवानी प्रयोजनका लागि सडक प्रयोग गरेकै आधारमा शुल्क असुल्नु उचित नभएको बताउँदै उनले सम्बन्धित निकायलाई शुल्क नलिन निर्देशन दिइसकेको जानकारी दिएकी छन्।
सामाजिक सञ्जालमार्फत उनले मलेखु–ताल्ती सडक खण्डमा आजदेखि कुनै पनि सवारी साधनले शुल्क तिर्नु नपर्ने स्पष्ट पारेकी हुन्।
साथै, उक्त क्षेत्रमा अझै पनि कसैले अवैध रूपमा शुल्क उठाएको पाइए कडा कारबाही गरिने चेतावनी समेत तामाङले दिएकी छन्।