काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि विभिन्न कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिले तरकारी, फलफूल तथा अन्य कृषिजन्य वस्तुको दैनिक थोक मूल्यसूची सार्वजनिक गरेको हो।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा सानो (लोकल) ४५ रुपैयाँ, सानो (भारतीय) ५५ रुपैयाँ र सानो (तराई) ६० रुपैयाँ रहेको छ। आलु रातो प्रतिकिलो २१ रुपैयाँ, आलु रातो (भारतीय) २४ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३६ रुपैयाँ तोकिएको छ।
त्यस्तै गाजर (लोकल) प्रतिकिलो ३५ रुपैयाँ र गाजर (तराई) २५ रुपैयाँ, बन्दा (लोकल) २५ रुपैयाँ, बन्दा (नरिबल) २० रुपैयाँ तथा काउली स्थानीय ३० रुपैयाँ, काउली (ज्यापु) ३५ रुपैयाँ र काउली (तराई) ३० रुपैयाँ कायम गरिएको छ। सेतो मूला (लोकल) प्रतिकिलो १५ रुपैयाँ र हाइब्रिड २० रुपैयाँ, भन्टा लाम्चो तथा डल्लो दुवै प्रतिकिलो ४५ रुपैयाँमा कारोबार भइरहेको छ।
बोडी (तने) प्रतिकिलो १६० रुपैयाँ, मटरकोसा ५५ रुपैयाँ, घिउ सिमी (लोकल) ५० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) ३५ रुपैयाँ र घिउ सिमी (राजमा) १०० रुपैयाँ निर्धारण गरिएको छ। टाटे सिमी ४० रुपैयाँ, तिते करेला १२० रुपैयाँ, लौका ६० रुपैयाँ, परवर (तराई) १२० रुपैयाँ र घिरौँला ७० रुपैयाँ रहेको छ। फर्सी पाकेको ७० रुपैयाँ तथा हरियो फर्सी (लाम्चो र डल्लो) प्रतिकिलो ३० रुपैयाँ कायम गरिएको छ।
सलगम प्रतिकिलो ५० रुपैयाँ, भिन्डी १३० रुपैयाँ, सखरखण्ड ७० रुपैयाँ, बरेला ४० रुपैयाँ, पिँडालु ६० रुपैयाँ र स्कुस ४० रुपैयाँमा कारोबार भइरहेको छ। हरियो सागसब्जीतर्फ रायोसाग ६० रुपैयाँ, पालुङ्गो १०० रुपैयाँ, चमसुर १०० रुपैयाँ, मेथी १०० रुपैयाँ र हरियो प्याज ६० रुपैयाँ निर्धारण गरिएको छ।
त्यस्तै च्याउ (कन्य) प्रतिकिलो १९० रुपैयाँ, च्याउ (डल्ले) ३८० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ १,००० रुपैयाँ रहेको छ। अन्य तरकारीमा कुरिलो ४५० रुपैयाँ, निगुरो ८० रुपैयाँ, ब्रोकाउली ५५ रुपैयाँ, चुकुन्दर ७० रुपैयाँ, कोइरालो ३०० रुपैयाँ, रातो बन्दा ५० रुपैयाँ, ग्याठकोभी ६० रुपैयाँ, सेलरी १२० रुपैयाँ, पार्सले २०० रुपैयाँ र पुदिना १३० रुपैयाँ निर्धारण गरिएको छ।
फलफूलतर्फ स्याउ (झोले) प्रतिकिलो २५० रुपैयाँ, स्याउ (फुजी) ३०० रुपैयाँ, केरा (दर्जन) २०० रुपैयाँ, कागती २६० रुपैयाँ, अनार ३०० रुपैयाँ, अङ्गुर (हरियो) २२० रुपैयाँ र अङ्गुर (कालो) ३५० रुपैयाँ रहेको छ। सुन्तला (भारतीय) प्रतिकिलो १६० रुपैयाँ, तरबुजा ६० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १६० रुपैयाँ तथा नास्पाती (चाइनिज) प्रतिकिलो २५० रुपैयाँ तोकिएको छ।
यसैगरी मेवा (नेपाली) प्रतिकिलो ७० रुपैयाँ र मेवा (भारतीय) ११० रुपैयाँ, किनु १३० रुपैयाँ, स्ट्रबेरी ४०० रुपैयाँ, किबी ४०० रुपैयाँ र एभोकाडो ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
मसला तथा अन्य वस्तुतर्फ अदुवा प्रतिकिलो ११० रुपैयाँ, सुकेको खुर्सानी ४२० रुपैयाँ, हरियो खुर्सानी १२० रुपैयाँ, माछे खुर्सानी ८० रुपैयाँ र अकबरे खुर्सानी ८०० रुपैयाँ तोकिएको छ। लसुन सुकेको (चाइनिज) २५० रुपैयाँ, लसुन (नेपाली) २०० रुपैयाँ तथा हरियो धनियाँ प्रतिकिलो ५० रुपैयाँ निर्धारण गरिएको छ।
त्यस्तै ताजा माछा (रहु) प्रतिकिलो ३५० रुपैयाँ, ताजा माछा (बचुवा) २८० रुपैयाँ र ताजा माछा (छडी) २५० रुपैयाँ कायम गरिएको समितिले जनाएको छ।