काठमाडौँ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ। प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको बैठक केही बेर अघि सुरु भएको हो ।
बैठकमा विभिन्न मन्त्रालयबाट पेस भएका नियमित प्रस्तावहरूमाथि छलफल हुने जनाइएको छ। साथै समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा पनि विचार–विमर्श हुने र केही महत्त्वपूर्ण निर्णय हुन सक्ने स्रोतले जनाएको छ।
यस्तै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको आज बस्ने मन्त्रिपरिषद् बैठक सम्भवत अन्तिम हुने र बैठकमा प्रधानमन्त्रीले सबैलाई धन्यवाद दिने कार्यक्रमसमेत रहेको बुझिएको छ।