चितवन- गोरखाको सहिदलखन गाउँपालिका-३ कानटारमा शनिबार भएको माइक्रो बस दुर्घटनाका घाइतेको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचार भइरहेको छ ।
दुर्घटनाका नौ जना घाइतेलाई गए राति नै यहाँ ल्याइएको थियो ।
अस्पतालका चिकित्सक डा.सुदीप केसीका अनुसार पाँच जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ । जसमध्ये तीन जनाको न्यूरो सर्जरी र दुई जनाको सर्जरी सघन उपचार कक्षमा उपचार भइरहेको जनाइएको छ । घाइतेमध्ये सात जना भारतीय र दुई जना नेपाली छन् ।
मनकामना दर्शन गरेर फर्केका १६ जना भक्तजन सवार बाप्र ०१–००६ ख ८४३० नम्बरको माइक्रोबसमा सडकबाट करिब २०० मिटर तल खसेको थियो ।
सात भारतीयको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।