काठमाडौं । मध्यपूर्वका आफ्ना सहयोगी देशहरूमाथि इरानले आक्रमण तीब्र बनाएपछि अमेरिकाले सो क्षेत्रका १४ देशमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट बाहिर निस्कन अपिल गरेको छ ।
बगदादस्थित अमेरिकी दूतावासमाथि मिसाइल प्रहार भएपछि शनिबार अमेरिकाले आफ्ना नागरिकलाई इराक छाड्न भनेको थियो ।
तुरुन्त इराक छाड्न सूचना जारी गरेको अमेरिकाले मध्यपूर्वका अन्य १४ देशमा रहेका नागरिकलाई बाहिरिन भनेको हो ।
इरान समर्थित इस्लामिक आतंकवादी मिलिसियाहरूले अमेरिकी नागरिकमाथि हमला गर्न सक्ने भन्दै यस्तो सूचना जारी गरेको हो