दमौली (तनहुँ)। तनहुँ जलविद्युत् आयोजनाले मादी नदी क्षेत्रमा जैविक विविधता संरक्षण परियोजना कार्यान्वयन प्रारम्भ गरेको छ ।
परियोजनाअन्तर्गत मत्स्य ह्याचरी सञ्चालन र मादी नदी मत्स्य संरक्षण करिडोर विशेष वन क्षेत्र निर्माणको तयारी थालिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए।
आयोजनाअन्तर्गत मादी नदीमा प्रस्तावित मत्स्य संरक्षण करिडोर विशेष वन क्षेत्र कार्यान्वयनको तयारी पनि प्रारम्भ भएको छ ।
दुवै आयोजनाबारे तनहुँ हाइड्रोपावर लिमिटेड, वातावरणीय तथा सामाजिक व्यवस्थापन सेवा प्रदायकका राष्ट्रिय तथा अन्तरराष्ट्रिय विज्ञ परामर्शदाता तथा एडिबीका जलविद्युत् परामर्शदाताबीच योजना कार्यान्वयनका विभिन्न पक्षमा छलफल भएको भण्डारीले जानकारी दिए।