काठमार्डाैं- अमेरिका र इरानबीच २८ फेब्रुअरीदेखि सुरु भएको तनावपछि मध्यपूर्वबाट ४३ हजारभन्दा बढी अमेरिकी नागरिक अमेरिका फर्किएका छन् । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टोमी पिगोटका अनुसार तीमध्ये करिब ३० हजार जनालाई विशेष कार्यदलमार्फत सहयोग प्रदान गरिएको छ ।
अमेरिकाले आफ्ना नागरिकलाई सुरक्षित रूपमा बाहिर निकाल्न दुई दर्जनभन्दा बढी चार्टर उडान सञ्चालन गरेको जनाएको छ । तर, धेरै अमेरिकीहरूले व्यावसायिक उडान प्रयोग गरेका कारण चार्टर उडानहरू औसतमा ४० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालन भएको बताइएको छ ।
विदेश मन्त्रालयले मध्यपूर्वबाट चार्टर उडान र स्थलमार्ग यातायात सेवा अझै जारी रहेको जनाएको छ । आवश्यकता परे कुनै पनि अमेरिकी नागरिकले सहायता माग्न सक्ने मन्त्रालयले जानकारी दिएको छ ।