काठमाडौँ । जिपले च्यापेर लमजुङको दोर्दी गाउँपालिका-४ ठूलाखेतका २९ वर्षीय कुमार गुरुङको मृत्यु भएको छ ।
सोही गाउँपालिका-४ लामीडाँडामा ग१ज ७०९२ नम्बरको बोलेरो जिपले च्याप्दा आज दिउँसो गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक पाण्डेले जानकारी दिए ।
उनका अनुसार आमा समूहको भवन नजिकै जिप ‘स्टार्ट’ गरेर पछाडिको ‘ओत’ निकाल्न खोज्दा जिप गुडेर पछाडिको भागले च्यापेर छाती र हातमा चोट लागेर घाइते भएका थिए । तत्काल स्थानीयले उद्धार गरी सोही जिपमा बेँसीसहर नगरपालिका-८ स्थित प्रादेशिक अस्पताल बेँसीसहरमा उपचारका लागि ल्याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।