काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले गुटका घेराबाट निस्केर पार्टीमा खुलस्त बहसका लागि आह्वान गरेका छन्।
निर्वाचनमा पराजयपछि आत्मसमिक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले उनले भनेका छन्,‘हामी ढलेका मात्र हौ, मरेका होइनौँ,’ ।
मूलतः पार्टी नेतृत्वको कमजोरी चुनावमा असफलता मिलेको भन्दै सामूहिक पहलबाट बदल्न सकिने उनको भनाई छ ।
फेसबुकमार्फत उनले भनेका छन्,‘पार्टीले सामना गर्नु परेको अवस्था र असफलता सिंगो पार्टीको असफलता हो । सामूहिक बुद्धि/विवेक र सामूहिक पहलबाट मात्र यो अवस्थालाई बदल्न सकिन्छ । तसर्थ: म सबै नेता कमरेडहरू र सिंगो पार्टी पंतिलाई हिजोका गुट (समूह) का घेराबाट बाहिर निस्केर खुला खुलस्त बहसमा सहभागी हुन आह्वान गर्दछु ।’
