काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) कम्युनिस्ट एकताको लागि आह्वान गरेको छ।
आज बसेको बैठकले कम्युनिस्ट आन्दोलनको पुनर्गठन, एकीकरण र पुनर्जागरणको आवश्यकताबारे रहेको निष्कर्षसहित एकताको लागि आह्वान गरेको कार्यवाहक अध्यक्ष घनश्याम भुसालले बताए।
बैठकपछि अध्यक्ष भुसालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसका लागि विगतको वस्तुनिष्ठ समीक्षा गर्न, कमी–कमजोरीहरूको खुलाखुलस्त आत्मालोचना गर्न र कम्युनिस्ट आन्दोलनको व्यापक पुनर्गठन, एकीकरण र पुनर्जागरणबारे छलफल चलाउन, संगठित हुन र आवश्यक पहलकदमी लिनका लागि हाम्रो पार्टी सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछ ।’
यस परिस्थितिमा कम्युनिस्ट आन्दोलनको गौरवलाई बचाउन र अगाडि बढाउन देशभरिका सबै कम्युनिस्टहरू विशेषरुपले गम्भीर हुनुपर्ने उल्लेख छ।