काठमाडौँ । नेकपा एमाले मकवानपुरको उपाध्यक्ष हिदम लामा कार्यवाहक अध्यक्ष भएका छन् । आइतबार बसेको आठौँ सचिवालय बैठकले लामालाई कार्यवाहक अध्यक्ष बनाएको हो ।
पार्टी अध्यक्ष श्रीधर पोखरेलले आइतबार राजीनामा दिएपछि एमाले नेतृत्वमा लामा पुगेका हुन् । लामा भीमफेदी गाउँपालिकाका अध्यक्ष हुन् ।