काठमाडौँ । झापा-३मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश पाठक विजयी भएका छन्। ३८ हजार ६७४ मत ल्याएर पाठक विजयी भएको निर्वाचन आयोगले जनाएको छ।
उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन पराजित भएका छन्। लिङ्देनले १७ हजार २९४ मत ल्याए। पाठक २१ हजार ३८० मतान्तरले विजय भएका हुन्।