काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भएको भन्दै नेपाली जनता र सरकारलाई बधाई दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले निर्वाचनलाई व्यवस्थित र शान्तिपूर्ण ढंगले सम्पन्न गराएकोमा खुशी व्यक्त गरेका हुन्।
प्रधानमन्त्री मोदीले नेपाली दिदीबहिनी र दाजुभाइहरूले आफ्नो लोकतान्त्रिक अधिकार उत्साहका साथ प्रयोग गरेको देख्दा आफूलाई खुशी लागेको बताएका छन्। उनले यसलाई नेपालको लोकतान्त्रिक यात्राको ऐतिहासिक कोशेढुंगा भएको उल्लेख गरेका छन्।