काठमाडौँ । गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन्। पन्थीले १६ हजार ९ सय ६१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गोकर्णराज विष्टले १६ हजार ४ सय ०६ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकारी ऋषिराम घिमिरेले जानकारी दिए । पन्थीले ५ सय ६१ मतान्तर सहित आफ्नो जीत निकालेका हुन ।
त्यसैगरी नेपाली काँग्रेसका उम्मेदवार भुवन प्रसाद श्रेष्ठले १४ हजार ४ सय ३४ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका श्रीराम महतले ३ हजार ८१ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा २०५६ देखि २०६४ बाहेक हालसम्म एमालेका गोकर्ण विष्टले जित्दै आएका थिए ।