पोखरा । नेकपा एमालेको अभेद्य गढ मानिँदै आएको कास्की क्षेत्र नम्बर २ मा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक सफलता हात पारेको छ।
२०६४ सालको प्रचण्ड लहरमा समेत कसैले भत्काउन नसकेको एमालेको यो विरासतलाई रास्वपाका उम्मेदवार उत्तमप्रसाद पौडेलले निकै फराकिलो मतान्तरले ध्वस्त पारिदिएका छन्।
भर्खरै सार्वजनिक अन्तिम मतपरिणाम अनुसार पौडेल ३१ हजार ९११ मत प्राप्त गर्दै विजयी बनेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रश्मि आचार्यले जम्मा ७ हजार ४९३ मत मात्रै पाए। यो नतिजाले एमालेलाई आफ्नै गढमा स्तब्ध बनाएको छ। विजयी पौडेल र आचार्यबीचको मतान्तर २४ हजार ४१८ रहेको छ, जुन कास्कीको चुनावी इतिहासमा निकै ठूलो मानिन्छ।