झापा । झापा क्षेत्र नम्बर ५ मा रास्वपाका उम्मेदवार बालेन शाहले आफ्नो अग्रता कायमै राखेका छन् ।
पछिल्लो विवरण अनुसार, रास्वपाका उम्मेदवार शाहले १८ हजार ८४३ मत प्राप्त गरेका छन् ।दोस्रोमा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले ४४४२ मत प्राप्त गरेका छन् ।
ओलीभन्दा बालेन १४ हजार ४ सय १ मतले अघि छन् ।तेस्रो स्थानमा रहेको श्रम संस्कृति पार्टीका उम्मेदवार समीर तामाङले २०९१ मत प्राप्त गरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रन्जित तामाङ ४९६ मत प्राप्त गरेका छन् ।