काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत लमजुङ निर्वाचन क्षेत्रमा प्रारम्भिक मतगणनाको नतिजाले नेपाली काँग्रेसलाई अग्रस्थानमा देखाएको छ।
हालसम्मको गणनाअनुसार काँग्रेसका उम्मेदवार गमप्रसाद गुरुङले ७७९ मत प्राप्त गर्दै सुरुआती अग्रता कायम गरेका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का धर्मराज केसीले ७३८ मतसहित पछ्याइरहेका छन्।
नेकपा (एमाले)का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले ४१२ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का हरिजङ तामाङले ७४ मत पाएका छन्।
उक्त क्षेत्रमा मतगणना प्रक्रिया निरन्तर जारी रहेको निर्वाचन अधिकारीहरूले जनाएका छन्।