कीर्तिपुर(काठमाडौँ)- काठमाडौँ निर्वाचन क्षेत्र नं –९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरुआती अग्रता लिएको छ ।
हालसम्म गनिएका दुई हजार २४४ मतमध्ये रास्वपा उम्मेदवार डोलप्रसाद अर्यालले चार हजार २३४ प्राप्त गरेको निर्वाचन अधिकृत मेनुका घिमिरेले जानकारी दिएकी छन् ।
नेपाली काँग्रेसकी नानु बास्तोलाले २६१ र एमालेका अजयक्रान्ति शाक्यले १५२ मत प्राप्त गरेका छन् । बलम्वु नगरपालिका भवनमा मतगणना जारी छ ।