काठमाडौँ । रास्वपा वरिष्ठ नेता बालेन साहले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा देशमा लोकतन्त्रले जितेको बताएका छन् । बिहीबार मतदान सम्पन्न भएपछि सामाजिक सञ्जालमार्फत उनले यस्तो लेखेका हुन् ।
उनले प्रधानमन्त्री कार्कीको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ । आमा’
जेन जेड आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीको नेतृत्वमा देशभर मतदान सकिएको छ ।
छिटपुट विवादबाहेक देशभर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको निर्वाचन आयोगका पदाधिकारीहरूले बताएका छन् ।