काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बिहीबार देशभर सञ्चालन भएको मतदानको निर्धारित समय सकिएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले ५ बजेसम्म सञ्चालन भएको थियो।
निर्धारित समय सकिए पनि केही स्थानमा मतदान केन्द्रभित्र मतदाताहरू लाइनमै रहेकाले त्यस्ता केन्द्रहरूमा मतदान प्रक्रिया अझै जारी रहेको छ।
निर्वाचन आयोगले मतदानको निर्धारित समय सकिएपछि केहीबेगरमै पत्रकार सम्मेलन आयोजना गर्ने जनाएको छ। पत्रकार सम्मेलनमार्फत देशभर कति प्रतिशत मतदान भयो, कहाँ–कहाँ मतदान स्थगित भयो तथा समग्र निर्वाचन प्रक्रियाबारे जानकारी सार्वजनिक गरिने आयोगले जनाएको छ।