बाँके । बाँकेको एक मतदान केन्द्र अगाडि प्रेसर कुकर बम फेला परेको छ।
बाँके क्षेत्र नम्बर १, नेरा माबी चिलहरिया मतदान केन्द्र अगाडि बिहान प्रेसर कुकर बम फेला परेको मतदान केन्द्रमा खटिएका एक कर्मचारीले जानकारी दिए। बम रहेको स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय गरेपछि पुनः मतदान सुरु गरिएको छ।
हाल उक्त मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। अहिलेसम्म करिब ४५ प्रतिशत मत खसिसकेको ती कर्मचारीले बताए ।