काठमाडौं । तामाकोशी गाउँपालिका-४ को मालु मतदान केन्द्रमा रोकिएको मतदान अझै सुरु हुन सकेको छैन । कर्मचारीमाथि हातपातको प्रयासभएपछि प्रहरीले हवाई फायर गरेको थियो ।
त्यसपछि रोकिएको मतदान अझै सुरु हुन नसकेको हो । सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेले रोकिएको मतदान सुरु नसकेको र छलफल जारी रहेको जानकारी दिए ।
‘बुथ एजेन्टहरूलाई सुरक्षित ठाउँमा राखिएको छ । मतपत्र लुटपाट हुन थालेपछि उहाँहरूलाई सुरक्षित स्थानमा लगिएको हो’ उनले भने ।
बुथमा दलका प्रतिनिधि (एजेन्ट)ले नै मतपत्र लुटेपछि प्रहरीले नियन्त्रणमा लिएको हो? प्रश्नमा उनले थपे, ‘नियन्त्रण होइन । सुरक्षित ठाउँमा राखेका हौँ । दलका केही प्रतिनिधिले मतपत्र लुट्न खोजेपछि समस्या भएको चाहिँ हो ।’