काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई प्राप्त कर्तव्य पूरा गरेको बताएकी छन् । प्रतिनिधिसभा निर्वाचनमा मतदान गरेपछि प्रधानमन्त्री कार्कीले उक्त प्रतिक्रिया दिएकी हुन् ।
काठमाडौंको धापासी हाइटमा रहेको मतदान केन्द्र पुगेर मतदान गरेपछि प्रधानमन्त्री कार्कीले उक्त प्रतिक्रिया दिएकी हुन् । ‘हामीलाई दिएको कर्तव्य पुरा गर्यौं, म आज खुसी छु । आज देशमा निर्वाचन भयो,’ प्रधानमन्त्री कार्कीले भनिन् ।
भदौ २३ र २४ भएको प्रदर्शनपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गरेका थिए । कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ मा प्रधानमन्त्री नियुक्त गरेका थिए । सोही दिन प्रतिनिधिसभा विघटन गरी फागुन २१ का लागि निर्वाचनको मिति तोकिएको थियो ।