काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) काठमाडौं–२ को मतदान केन्द्रमा मतदान गरेर झापा जान लागेका छन् । माउन्टेन एअरको हेलिकप्टरमार्फत झापा जान लागेको बालेनको सचिवालयले जनाएको छ ।
झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उनले उम्मेदवारी दिएका छन् । यो क्षेत्रबाट एमालेका अध्यक्ष केपी शर्मा ओली पनि चुनावी प्रतिस्पर्धामा छन् ।