काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत सिनामंगलस्थित अन्नपूर्ण स्कुल मतदानस्थलबाट मतदान गरेका छन् ।
भावी प्रधानमन्त्रीको रुपमा अघि सारिएका उनी बिहान साढे सात बजे मतदान गरेका हुन । उनी मतदान गरेर आफनो उम्मेदवारी भएको निर्वाचन क्षेत्र झापा–५ मा जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।