काठमाडौँ – पश्चिम एसिया अशान्त बनेसँगै नेपाल, यूएई र ओमानबीच हुने भनिएको क्रिकेट विश्वकप लिग २ का खेलहरु अनिश्चितकालका लागि स्थगन भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार सूचना जारी गर्दै काठमाडौंमा मार्च १० अर्थात् १० दिनपछि सुरु हुने भनिएको प्रतियोगिता रद्द भएको जानकारी दिएको हो।
अब अर्को सूचना नभएसम्म यी खेल नहुने क्यानले जनाएको छ।
आगामी दिनमा थप परामर्श गरेर नयाँ मिति सार्वजनिक गरिने क्यानको भनाइ छ।