काठमाडौं । दक्षिण इरानको हर्मोज्गान प्रान्तको मिनाब र जास्कमा भएका आक्रमणहरूमा कम्तीमा ७० जनाको मृत्यु भएको । ९० भन्दा बढी घाइते भएको हर्मोज्गान मेडिकल साइन्सेजका प्रमुखलाई उद्धृत गर्दै इरानको अर्धसरकारी समाचार एजेन्सी ‘फार्स’ले जनाएको छ ।
यद्यपि, यी संख्याहरूको स्वतन्त्र रूपमा तत्काल पुष्टि हुन सकेको छैन ।
इरानको सरकारी समाचार एजेन्सी ‘इरना’ले शिक्षा मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै एउटा प्राथमिक विद्यालयमा भएको आक्रमणमा ज्यान गुमाउनेको संख्या ५३ पुगेको बताएको छ ।
प्रवक्ता अली फरहादीले उक्त एजेन्सीलाई बताए अनुसार आज विद्यालयमा तीनवटा मिसाइल आक्रमण गरिएको थियो । उनले यस आक्रमणमा थप ६३ जना घाइते भएको जानकारी दिए ।
प्रवक्ताले अन्य सम्भावित पीडितहरूको खोजीका लागि विद्यालयको भग्नावशेष हटाउने कार्य भइरहेको बताएका छन् ।
इरानी विदेशमन्त्री अब्बास अरागचीले विद्यालयमा भएको आक्रमणको उचित जवाफ दिने चेतावनी दिएका छन् । विदेशमन्त्री अरागचीले ती पीडितहरू सबै निर्दोष बालबालिका भएको बताएका छन् । अलजजिरा
यसैगरी, यात्रुलाई आफ्नो उडानका लागि विमानस्थल जानुभन्दा अगाडि सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरेर मात्र जान विमानस्थल कार्यालयले आग्रह गरेको छ। रासस