काठमाडौं- इरानको राष्ट्रिय सुरक्षा परिषदले राजधानी तेहरानका बासिन्दाहरूलाई सहर छोडेर अन्यत्र जान सल्लाह दिएको छ । पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै सुरक्षा निकायले एक विज्ञप्ति जारी गरी यस्तो आग्रह गरेको हो ।
पछिल्लो समय इजरायल र अमेरिकाले संयुक्त हमला गरेसँगै इरानले पनि मध्यपूर्वका विभिन्न मुलुकलाई लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरेको छ।
‘वर्तमान परिस्थितिका कारण, तपाईंहरूले सम्भव भएसम्म र शान्त रहँदै, यदि सक्षम हुनुहुन्छ भने अन्य ठाउँ वा सहरहरूमा यात्रा गर्नुपर्छ ।’ विज्ञप्ति उद्धृत गर्दै अल जजीराले जनाएको छ ।
तेहरान र आसपासको क्षेत्रमा ९० लाखभन्दा धेरैको बसोबास छ । यस्तो परिस्थितिमा कति मानिसहरुले तेहरान छाड्छन् वा कति जना तेहरानमै रहन्छन् भन्ने स्पष्ट छैन ।
कतिपय विश्लेषकले इरानी सुरक्षा परिषद्को निर्देशनलाई अव्यवहारिक भनेका छन् ।