काठमाडौँ । उपत्यकाको ट्राफिक व्यवस्थापनमा निर्वाचन प्रहरी खटिन थालेका छन्।
उपत्यकाका ट्राफिक प्रहरीलाई निर्वाचनका लागि उपत्यकाबाहिरका विभिन्न जिल्लामा खटाएपछि निर्वाचन प्रहरीलाई ट्राफिक व्यवस्थापनमा खटाइएको हो।
ट्राफिक प्रहरीको संख्या न्यून हुँदा उपत्यकाको सडकमा अव्यवस्था बढेको छ। निर्वाचन प्रहरीले सडक अनुशासन कायम गराउने प्रयास गरिरहेका छन्।