काठमाडौं । टिकटकर तुलसा अधिकारी ठगी तथा आपराधिक विश्वासघात र सम्पत्ति शुद्धीकरणको कसुरमा जोडिएकी छिन् ।
यी दुई घटनाको प्रहरीले एकसाथ अनुसन्धान अघि बढाएको छ । उनीविरुद्ध प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा गत साउनमै उजुरी परेको थियो । अनुसन्धानको क्रममा खाता जाँच गर्दा ठूलो रकमको कारोबार भेटिएपछि सम्पत्ति शुद्धीकरणको पनि अनुसन्धान अघि बढाइएको एक प्रहरी अधिकृतले जानकारी दिए ।
सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले तुलसामाथि सातदोबाटो प्रहरी वृत्तमा जाहेरी दिएका थिए । प्रतिवादी अधिकारी भने अहिले चीनमा रहेको बताइएको छ । चीनबाटै उने टिकटकमार्फत ब्ल्याकमेलिङ गरेको प्रहरीले बताएको छ ।
उनीविरुद्ध ४ करोड रुपैयाँ भन्दा बढी ठगीको आरोप छ ।