काठमाडौँ । नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी छन् ।
सिरहाको गोलबजारमा आयोजित एक विशेष कार्यक्रमबीच थपलियासहितका एमाले नेता, कार्यकर्ता रास्वपाका भित्रिएका हुन् ।
उनीहरूलाई रास्वपाका नेता तथा समानुपातिक उम्मेदवार पुरुषोत्तम यादवले पार्टीमा स्वागत गरेका छन् । थापा २०७९ को निर्वाचनमा खस आर्यतर्फकी समानुपातिक सांसद हुन् ।
लामो समय एमालेमा सक्रिय रहेकी थपलियाले केही समयअघि मात्रै नेकपा एमाले सिरहा जिल्लामा ‘परिवारवाद’ हाबी भएको र पुराना कार्यकर्ताको मूल्यांकन नभएको आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेकी थिइन् ।