काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सुदन गुरुङले विद्यार्थीको टाउकोमा गोली लाग्दा रगतको कुनै मुल्य नभएको टिप्ण्णी गरेका छन् ।
दाङको तुलसीपुरमा नेकपा एमालेको झण्डा जलाइएकोप्रति लक्षित गर्दै उनले भनेका छन्, ‘विद्यार्थीको टाउकोमा गोली लाग्दा, मौनता,कपडाको मान मर्यादा, यस्तोलाई राजनीति भनिँदैन,लाजनीति भनिन्छ।’
आज फेसबुकमार्फत उनले विद्यार्थीको टाउकोमा गोली लाग्दा मौनता र झण्डा जल्दाको आक्रोशलाई राजनीति भनिँदैन लाजनीति भनिन्छ भनेका छन् ।