काठमाडौं । पाँच दिनको प्रयासपछि मनाङमा हिउँ पन्छाएर सुरक्षाकर्मीले बाटो बनाएका छन् ।
नार्पाभूमि गाउँपालिका विभिन्न स्थानहरुमा परेको हिउँ हटाएर बाटो बनाइएको हो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासबाट बाटो खुलाइएको छ ।
यो गाउँपालिकास्थित छ्याँसे, मेता र च्याखुँ अन्तर्गतका बाटोहरु हिउँले पुरी अवरुद्ध भएका थियो । सो बाटोहरुमा हिउँ जमेको कारण सामान ढुवानीको लागि खच्चड तथा मानिसहरु आवत जावत गर्न असहज भएको थियो ।
बाटो अवरुद्ध पश्चात तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीले ५ दिनदेखि हिउँ पन्छाउने कार्यमा खटिएको थियो । फागुन ६ गतेबाट सुरु भएको हिउँ पन्छाउने कार्य फागुन ११ गते बाटो खुलाएर समाप्त भएको छ ।