काठमाडौँ। काठमाडौँ महानगरपालिकाले धरहरा परिसरभित्रको पार्किङ र सुरक्षा व्यवस्थापन सम्हाल्ने भएको छ। सुन्धारामा बसेको नेपाल सरकार र महानगरको संयुक्त बैठकले पार्किङ सञ्चालनका लागि महानगर प्रहरी बल परिचालन गर्ने निर्णय गरेको हो।
धरहराको दिगो सञ्चालनका लागि सहरी विकास मन्त्रालय र महानगरका पदाधिकारी सम्मिलित संयुक्त समिति गठन गरिएको छ। समितिले सञ्चालन मोडालिटीबारे सुझाव पेश गर्नेछ।
महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बाह्य संरचनाको व्यवस्थापन जिम्मा महानगरलाई दिइएको जानकारी दिँदै पूर्ण सञ्चालन हस्तान्तरणका लागि सरकारसँग आग्रह गरिएको बताइन्।
सहरी विकास मन्त्री कुमार इङ्नामले आर्थिक दायित्व महानगरले बेहोर्ने सहमति भएको र व्यवस्थापन प्रक्रिया अघि बढाइने बताए। बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालसमेत सहभागी थिए।