काठमाडौँ । मकवानपुरको भीमफेदी गाँउपालिका-२ चुनियास्थित त्रिभुवन राजपथ नजिक भित्री सडकबाट ठूलो परिमाणको गाँजासहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका-१० का २७ वर्षीय रामबहादुर मोक्तान र १९ वर्षीय अनिल थिङ रहेका छन् ।
त्रिभुवन राजपथ नजिक भित्री सडकबाट ४३८ केजी लागुऔषध गाँजा सहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी भैंसेबाट खटिएको टोलीले लु१ च २१५२ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।