काठमाडौँ । शिवरात्रिको ड्युटीका लागि पशुपतिमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार घर भई काठमाडौँ महानरपालिका-१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ छन् । श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
उनले पशुपतिमा एक प्रहरीलाई लात्तीले छातीमा हानेका थिए । प्रहरीलाई कुटेको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।