काठमाडौँ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा सरकार सम्हालेर दुई तिहाई दावी गर्ने दलहरुको असफलता, अकर्मण्यता र अदुरदर्शीताका कारणले मुलुकमा वर्तमान परिस्थीति सिर्जना भएको बताएका छन् ।
शनिबार काठमाडौंको राष्ट्रिय प्रेस क्लवमा आयोजित कार्यक्रममा अध्यक्ष यादवले जसको कारण ८४ को निर्वाचन ८२ मा गर्ने अवस्था बनेको आरोप समेत लगाए ।
यादवले जेजस्तो परिस्थिति भएपनि चुनाव नजिकिँदै गएकाले मुलुक र जनताको समस्या हल हुने गरि अघि बढ्नुपर्ने बताए ।
मुलुकमा लोकतन्त्र जोगिएपनि संविधानमा संघीयताको संरचना अझै पनि मिल्न नसकेको उनले बताए । उनले अव शासकीय स्वरुप र निर्वाचन प्रणालीलाई परिवर्तन गरेर मात्रै मुलुकलाई सफल बनाउन सकिने धारणा राखे ।