काठमाडौँ । १२ फेब्रुअरी २०२६ मा सम्पन्न बांङ्लादेशको १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले त्यहाँको सरकार र नागरिकप्रति बधाई व्यक्त गरेकी छन्।
सामाजिक सञ्जालमार्फत जारी सन्देशमा उनले उक्त निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको बांङ्लादेश नेसनल पार्टी (बीएनपी) का प्रमुख तारिक रहमानलाई विशेष शुभकामना दिएकी छन्।
प्रधानमन्त्री कार्कीले सन्देशमा नयाँ नेतृत्वसँग सहकार्य गर्दै नेपाल-बांङ्लादेशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
यसअघि शेख हसिना नेतृत्वको सरकार पतनपछि अन्तरिम सरकारमार्फत सम्पन्न भएको उक्त निर्वाचनलाई बांङ्लादेशका लागि महत्वपूर्ण राजनीतिक चरणका रूपमा व्याख्या गरिएको छ।