काठमाडौँ- उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले वैदेशिक रोजगारमा जाने श्रमिकहरूको लागि नि:शुल्क (फ्री भिसा र फ्री टिकट) रोजगारी प्रदान गर्ने नीति अघि सारेको छ। आज सार्वजनिक गरेको घोषणापत्रमा फ्री भिसा र फ्री टिकटको व्यवस्था गर्ने जनाएको छ।
वैदेशिक रोजगारमा रहेका श्रमिकहरूको सुरक्षित रोजगारीको व्यवस्था गरिने, वैदेशिक रोजगारीमा गएका नागरिकहरूको सुरक्षाको प्रत्याभूति गरिने पनि जनाएको छ।
वैदेशिक रोजगारीबाट फर्केका नागरिकहरूको लागि वैदेशिक रोजगारमा हुँदा सिकेको सीपको आधारमा स्वदेशमै रोजगारीको प्रबन्ध गरिने नीति पनि समेटेको छ।
विदेशबाट प्राप्त रेमिट्यान्स रकम पनि औपचारिक बैंकिंङ प्रणालीबाट भित्र्याउनुपर्ने भन्दै प्राप्त रेमिट्यान्स रकम मध्येबाट महत्त्वपूर्ण अंश श्रमिकको विकास तथा संरक्षणमा खर्च गरिनुपर्ने जनाएको छ।