काठमाडौँ । नेप्सेमा सामान्य वृद्धि भएको छ । विहिबार नेप्से ८.९७ अंकले बढेर २६७१.०७ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३३७ कम्पनिका २ करोड ७७ लाख ८० हजार ५८४ कित्ता शेयर ११ अर्ब १० करोड २५ लाख ५० हजार ९६६ मा कारोबार भएको थियो । आज होटल्स, माइक्रोफाइनान्स, निर्जीव वीमा, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज मध्य भोटेकोशीको शेयर सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने रसुवागढी हाइड्रोको ९.८८ प्रतिशतले बढेको छ । त्यसैगरी आज कालिन्चोक दर्शनको सबैभन्दा बढी ७.५९ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी एनगाडीको ७० करोड ५३ लाख बराबरको कारोबार भएको छ भने एसवाई प्यानलको ४३ करोड ४२ लाख बराबरको कारोबार भएको छ ।